दार्चुला । नेपाल पर्यटन बोर्डमार्फत परियोजना र अपीहिमाल गाउँपालिकाको संयुक्त आयोजनामा तथा नेपाल नेसनल माउन्टेन गाइड एसोसिएसनको प्रशिक्षक तथा प्राविधिक सहयोगमा आधारभूत डोरी र उद्धार तालिम अपिहिमाल गाउँपालिकामा सञ्चालन भइरहेको छ । रक क्लाइम्बिङ तथा रेस्क्यु तालिमको औपचारिक उद्घाटन रक मै चढेर गरिएको हो ।
अपीहिमाल गाउँपालिका कार्यालय नजिकैको जारकोट क्षेत्रमा व्यवसायिक रक क्लाइम्बिङ स्पोर्टको पूर्वाधार तयार भइसकेको छ । अबदेखि रक क्लाइम्बिङ गर्न आउने पर्यटकहरूलाई यही स्थानमा व्यवसायिक तालिम प्रदान गर्नुका साथै रक क्लाइम्बिङ गतिविधि सञ्चालन गरिने गाउँपालिकाका अध्यक्ष भगत सिह ठेकरे बोहराले जानकारी दिए ।
गाउँपालिका अध्यक्ष बोहराका अनुसार यस किसिमका तालिम र संरचनाले स्थानीय युवालाई रोजगारीतर्फ आकर्षित गर्नुका साथै अपीहिमाल क्षेत्रको साहसिक पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको बताएका छन् ।