दार्चुला । नेपाली कम्युनिस्ट पार्टीले दार्चुलाबाट पाँच जनाको नाम सर्वसम्मत सिफारिस गरेको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन लड्न जिल्लाबाट चार पुरूष र एक जना महिलाको नाम सर्वसम्मत सिफारिस गरिएको हो ।
०६४ सालमा दार्चुलाबाट संविधान सभामा निर्वाचित लक्ष्मणदत्त जोशी देखि ०७० सालमा उम्मेदवार बनेका ललितसिह ठगुन्नाको नाम सिफारिस गरिएको छ । यस्तै एकीकृत समाजवादीबाट मदनसिह धामी, युवाबाट नरबहादुर विष्ट र महिला बाट गंगाकुमारी महतराको नाम सिफारिस गरिएको नेपाली कम्युनिस्ट पार्टी दार्चुलाले जनाएको छ ।
त्यस्तै समानुपातिकमा केशवराम वि.क.(लोक), प्रमा राम ओड, बिसनराम लोहार, मदन सिंह बुढाथोकी, रुक्मती जागरी, लिला कुँवर(निसाना) र हरमती साउँद(बसन्ती)को नाम सिफारिस गरिएको पन्तले बताउनुभयो । समानुपातिक तर्फ पनि उम्मेद्धार सिफारको लागि छलफल जारी रहेको बताइएको छ ।