नेपाली कम्युनिस्ट पार्टी दार्चुलाबाट प्रतिनिधि सभा निर्वाचनमा जोशी उम्मेदवार

दार्चुला । नेपाली कम्युनिस्ट पार्टीले दार्चुलाबाट प्रतिनिधि सभा सदस्य निर्वाचनमा लक्ष्मण दत्त जोशी(सुरज) को नाम टुंगो लगाएको छ । आगामाी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि पार्टी केन्द्रले दार्चुलाबाट जोशीको नाम टुंगो लगाएको हो ।

०६४ सालमा दार्चुलाबाट संविधान सभामा निर्वाचित जोशी अहिले नेपाली कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य रहेका छन् । नेपाली कम्युनिस्ट पार्टीको गत पौष १२ गते बसेको बैठकले जोशी सहित निर्वाचन लड्न जिल्लाबाट चार पुरूष र एक जना महिलाको नाम सर्वसम्मत रुपमा सिफारिस गरेको थियो ।

Leave A Reply

Your email address will not be published.