Naya Sadar
Badar

दार्चुलाका साउदले कञ्चनपुरबाट कांग्रेस माहाधिवेशन प्रतिनिधिमा उम्मेद्धारी दिने

Sadar Sano

दार्चुला । दार्चुला जिल्ला घर भएका युवा नेता इन्द्र सिंह साउदले कञ्चनपुरबाट नेपाली कांग्रेस माहाधिवेशन प्रतिनिधिको लागी उम्मेद्धारी दिने भएका छन । लेकम गाउँपालिका वडा नम्बर १ दुरकाडामा २०४९ जन्मीनुभएका युवा नेता साउँदले नेपाली कांग्रेसका माहाधिवेशन प्रतिनिधिको लागी आफुले उम्मेद्धारी दिने बताउनुभयो ।

Naya Mat patra

विगत १७ बर्ष देखि नेपाली काग्रेसको राजनीतीमा संक्रिय साउँद नपाल विद्यार्थी संघमा आवद्ध हुदै हाल कञ्चनपुरको भिमदत्त नगरपालिका वडा नम्बर १८ को वडा कार्यसमिती सदस्य हुनुहुन्छ ।

नेपाल विद्यार्थी संघ फारवेस्ट स्कुल अफ मेडिसिन कञ्चनपुरमा २०६५ सालको संस्थापक अधक्ष्य समेत रहेका साउँद २०६८ देखि ३ कार्यकाल नेपाल विद्यार्थी संघको जिल्ला सदस्य रहेका उहाँ नेपाल विद्यार्थी संघको कन्चनपुर जिल्ला उपाध्यक्ष हुदै हाल वि.पी. कोइराला युवा नेतृत्व विकास मञ्च कन्चनपुरको अध्यक्ष समेत रहनुभएका छ । नेपाली कांग्रेस पार्टीलाई राम्रो र बलियो बनाउन तथा चाकरी प्रथा र गुट उपगुट रहित कांग्रेस बनाउन आफुले माहाधिवेशन प्रतिनिधिमा भीमदत्त नगरपालिका १८ कञ्चनपुरबाट उम्मेद्धारी दिने साउँदले बताउनुभयो । गाउँ नगरदेखि केन्द्र सम्म युवाहरुको नेतृत्व आवश्यक रहेको अब काग्रेसलाई पहिलो पार्टी बनाउन युवा नेतृत्वले महत्वपुर्ण भुमिका खेल्नुपर्ने उहाँको भनाई ।

 

Leave A Reply

Your email address will not be published.