विश्वमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५१ लाख नाघ्यो

दार्चुला । केही दिनदेखि विश्वभर कोरोना संक्रमण घटबडको क्रम जारी छ । विश्व स्वास्थ्य संगठनद्वारा हरेक दिन जारी गर्ने कोरोना अपडेटका अनुसार दैनिक संक्रमण दर र मृत्यु दर घटबढ भइरहेको देखाएको हो । निको हुनेको संख्या बढिरहेको पाइएको छ । नेपालमा केही दिन यतादेखि कोरोना संक्रमितको संख्या घटिरहेको छ र निको हुनेको संख्या बढिरहेको छ । त्यस्तै, मृत्यु हुनेको संख्या पनि घट्दो क्रममा रहेको छ ।

विश्व स्वास्थ्य संगठनले जारी गरेको गत २४ घण्टाको अपडेट अनुसार कोरोना भाइरस संक्रमणबाट एकैदिन ७ हजार ६२ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा विश्वभरमाब कोरोना संक्रमणबाट ७ हजार ६२ को मृत्यु भएको हो । त्यस्तै, विगत २४ घण्टामा विश्वभर ४ लाख ९५ हजार ९१६ जनामा कोरोना संक्रमण पुष्टि भएको विश्व स्वास्थ्य संगठनले जानकारी दिएको छ ।

विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार हालसम्म २५ करोड ३१ लाख ७५ हजार ४२३ जनामा कोरोना संक्रमण भएको छ । त्यस्तै, २२ करोड ८९ लाख ६४ हजार ९५४ जना कोरोना संक्रमणबाट मुक्त भएका छन्। विश्व स्वास्थ्य संगठनले उपलब्ध गराएको पछिल्लो तत्थ्यांक अनुसार मृत्यु हुनेको संख्या ५१ लाख ३ हजार ३०२ जनाको कोरोना संक्रमणबाट ज्यान गइसकेको छ।

नेपालमा हालसम्म कोरोना संक्रमणबाट ११ हजार ४६९ जनाको ज्यान गएको छ । ७ हजार ४९८ जना सक्रिय संक्रमित रहेका छन् भने ८ लाख १६ हजार ४४५ जनामा संक्रमण भइसकेको छ । त्यस्तै, ७ लाख ९७ हजार ४४८ जना संक्रमित निको भइसकेका छन् ।

Leave A Reply

Your email address will not be published.