बैतडी बस दुर्घटना अपडेट: मृतकको संख्या १३ पुग्यो

दार्चुला ।बैतडीमा बिहीवार राति जन्ती बोकेको बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या १३ पुगेको छ। प्रहरीका अनुसार आठ जनाको घटनास्थलमै मृत्यु भएको थियो भने थप पाँच जनाको उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै ज्यान गएको हो।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीका प्रवक्ता एसएसपी पदमबहादुर विष्टले मृत्यु संख्या पुष्टि गर्नुभएको छ। दुर्घटनामा ३६ जना घाइते भएका छन्। घाइतेहरूको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ ।

पुर्चौडी नगरपालिका–७ भवनेबाट जन्ती लिएर बझाङको सुनकुडातर्फ जाँदै गरेको सुप प्र ०२–००१ ख १११९ नम्बरको बस बिहीवार राति करिब ८ बजे पुर्चौडी नगरपालिका–७ को बडगाउँ मोडमा दुर्घट*नामा परेको हो।

प्रहरीका अनुसार बस सडकबाट करिब १५० मिटर तल खसेको छ। दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Leave A Reply

Your email address will not be published.