अपि हिमाल–२ मा रास्वपाको वडा समिति गठन

दार्चुला । अपि हिमाल गाउँपालिका–वडा नं. २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को वडा समिति गठन प्रक्रिया शनिबार सम्पन्न भएको छ। रास्वपा अपि हिमाल गाउँपालिका सभापति करे सिंह बोहराको सभापतित्वमा सम्पन्न भेलाबाट नयाँ वडा समिति चयन गरिएको हो।
भेलाबाट गठित वडा समितिको सभापतिमा लक्ष्मन सिंह धामि चयन भएका छन्। त्यस्तै उपसभापतिमा खडक सिंह धामि र सचिवमा वकेन्द्र सिंह धामि चयन भएका छन्।
वडा समितिका सदस्यहरूमा सुरेन्द्र सिंह धामि, महेन्द्र सिंह धामि, हरिकृष्ण सिंह धामि, उमेश सिंह धामि, हरिसङ्कर सिंह धामि र नरेश सिंह धामि रहेका छन्।
कार्यक्रममा सहभागी वक्ताहरूले नवगठित वडा समितिका सम्पूर्ण पदाधिकारी तथा सदस्यहरूलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए।
स्थानीय तहमा संगठन विस्तार र जनतासँग प्रत्यक्ष जोडिने उद्देश्यसहित वडा समिति गठन गरिएको बताउँदै पार्टी नेतृत्वले आगामी दिनमा रास्वपाले जनमुखी र जिम्मेवार राजनीति अघि बढाउने रास्वपा दार्चुलाका उम्मेदवार राजेश सिंह सामन्तले जानकारी दिनुभयो।

Leave A Reply

Your email address will not be published.