बैतडीमा हाइस दुर्घटना

दार्चुला ।बैतडीमा सवारी दुर्घटनामा परेको छ । दोगडाकेदार गाउँपालिका–३ स्थित सिल्लेगडा–बडिया सडकखण्डको घोडेधार नजिक शनिबार राति ९ः३० बजे सुपप्र०२ ००१ज ०६२४ नम्बरको विद्युतीय सवारी हाइस दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा सवगारी चालक दोगडाकेदार–५ का मदन ठगुन्ना घाइते भएको खोचलेक प्रहरी चौकीका इन्चार्ज जयराज जोशीले जानकारी दिए । चालक ठगुन्नालाई उपचारका लागि जिल्ला अस्पताल पठाइएको छ । सवारी सडकबाट २५० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ। प्रहरीका अनुसार उक्त हाइसमा चालक मात्र रहेका थिए।

घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.