बैतडीमा विद्युतीय हाइस दुर्घटना अपडेट: चालकको मृत्यु

बैतडीको  दोगडाकेदार गाउँपालिका–३ अन्तर्गत सिल्लेगडा–बडिया कच्ची सडकखण्डको घोडेधार नजिक शनिबार राति करिब ९ः३० बजे सुप प्र ०२–००१ ज ०६२४ नम्बरको विद्युतीय हाइस दुर्घटनामा परेको हो।
दुर्घटनामा परी हाइस चालक दोगडाकेदार गाउँपालिका–५ निवासी २५ वर्षीय मदन ठगुन्ना गम्भीर घाइते भएका थिए। घाइते ठगुन्नालाई उपचारका लागि डडेल्धुरा अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक बल्देव बडूले जानकारी दिनुभयो।
उहाँका अनुसार मृतकको शव डडेल्धुरा अस्पतालमा राखिएको छ। हाइस सडकबाट करिब २५० मिटर तल खसेको र सवारी साधनमा चालक मात्र सवार रहेको प्रहरीले जनाएको छ।
घटनाको कारणबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।

आरुषी व्युटि पार्लर महेन्द्रनगर कञ्चनपुर
Leave A Reply

Your email address will not be published.