दार्चुला । सामुदायिक प्रहरी सेवा केन्द्र बङ्गाबगडमा कार्यरत प्रहरी हवल्दार योगेन्द्र घर्तीको हत्याका मुख्य आरोपित पक्राउ परेका छन् ।
घट्नाका मुख्य योजनाकार भनिएका आरोपित आशिष पाल पक्राउ परेका हुन् ।
जिल्ला प्रहरी कार्यालय दार्चुलाका डिएसपी गौरब महतका अनुसार आशिष पाललाई दुहुँ गाउँपालिकाको जङ्गलबाट पक्राउ गरिएको हो ।
यसअघि मङ्गलबार राति राजेन्द्र डडाललाई नौगाडको होपरिगाडबाट पक्राउ गरिएको थियो । घटनामा संग्लन रहेका अन्य दुई जनाको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
घट्नालगत्तै प्रहरीले २० वर्षीया दिपिका पाल, २१ वर्षीया पायल लुहार र सुरेन्द्र बमलाई पक्राउ गरिएको थियो ।
घटनामा संलग्न रहेका पुजा बियर बारका सञ्चालक जानकी पाल र मनिस पाल भने अझै फरार रहेको डिएसपी महतले बताए । उनीहरूको खोजी तीव्र पारिएको प्रहरीले जनाएको छ । मृतकको शवको जिल्ला अस्पताल दार्चुलामा पोष्टमार्टम गरेर अन्तिम दाहसंस्कार गरिएको छ ।
यो समाचार पनि पढ्नुस्
दार्चुलामा प्रहरी हवल्दार हत्या प्रकरण : थप एक जना नौगाडबाट पक्राउ