शैल्यशिखर पुजन जात्रा आज

दार्चुला । देशकै सात धाम मध्येको एक धाम शैल्यशिखर मालिकार्जुनको शिखरमा जिल्लाको सबैभन्दा ठूलो पुजन जात्रा आज (मंगलबार) लागेको छ । मालिकार्जुन मन्दिर मडमा लाग्ने जात्राको अघिल्लो त्रयोदशीको आज शिखर पुजन जात्रा लाग्ने गर्दछ।

पुजन जात्रामा सहभागिहुन भक्तजनहरु हिजो देखि नै शिखरतर्फ लागेका छन् । हिन्दू धर्मावलम्बीहरुको आस्थाको धरोहर मानिने शैल्यशिखर धामको दर्शन सयौको संख्यामा भक्तजनहरु मालिकार्जुन पुगेका स्थानीयहरुले बताएका छन। विवाहित महिला तथा ब्रतबन्ध गरेका पुरुषहरुले १५ दिन अगाडी देखिनै शुद्ध भएर जाने प्रचलन रहिआएको छ। शिवलिगंको रुपमा परिचित शिखर धाममा मालिकार्जुन तथा भागाश्री अर्थात शिव–पार्वतीको मुख्य बासस्थान रहेको मानिन्छ ।

मालिकार्जुन गाउँपालिका र शैल्यशिखर नगरपालिकाको सीमा क्षेत्रमा पर्ने शैल्यशिखर धाममा प्रत्येक वर्ष असार शुक्ल चतुर्दशी तिथी र कात्तिक शुक्ल त्रयोदशी तिथिमा गरी वर्षमा दुई पटक शिखर पुजन जात्रा लाग्ने गर्दछ। भने मालिकार्जुन मन्दीरमा कात्तिक शुक्ल चतुर्दशीको दिन बर्षको एक पटक जात्रा लाग्ने गरेको छ ।

मंगलबार शिखर जात्रा सम्पन्न भएपछि बुधबार (भोलि) मालिकार्जुन मन्दिर मड, उचाकोट, मैखोली, गराडी लगायत मालिकार्जुनको वासस्थान भएका आधादर्जन बढी स्थानमा जात्रा लाग्ने गर्दछ।

आरुषी व्युटि पार्लर महेन्द्रनगर कञ्चनपुर
Leave A Reply

Your email address will not be published.