घर छाडेका साथीहरू फर्किनुस् – कांग्रेस प्रवक्ता चालिसे

काठमाडौं । नेपाली कांग्रेसले दल छाडेका साथीहरूलाई पुन: फर्किन आह्वान गरेको छ। आइतबार ललितपुरको सानेपास्थित पार्टी कार्यालयमा पत्रकार सम्मेलनमार्फत प्रवक्ता देवराज चालिसेले कांग्रेसमा फर्किन अनुरोध गरेका हुन्।

‘निर्वाचन नजिकिँदै जाँदा नेपाली कांग्रेस प्रति आकर्षण चुलिँदै गएको छ। विभिन्न पार्टीका शीर्ष नेतृत्वदेखि अन्य नेता कार्यकर्ताहरू नेपाली कांग्रेस पार्टीमा आबद्ध हुने लहर देशभरि चलेको छ।

हामी सबैलाई सम्मानजनक ढंगले पार्टीमा भित्र्याएर लोकतन्त्रको हकदार बनाउन चाहन्छौं। हामी पुन: आह्वान गर्न चाहन्छौं, घर छाडेका साथीहरू फर्किनुस्,’ उनले भने।
उनले अन्य दलमा रहेका नेताहरूलाई पनि कांग्रेसमा जोडिन अनुरोध गरेका हुन्।

‘अन्य पार्टीमा रहेका साथीहरू नेपाली कांग्रेसमा जोडिनुस् र मुलुकको नवनिर्माणमा सरिक हुनुहोस्,’ उनले भने। रास्वपा, नेपाली कम्युनिष्ट पार्टी (नेकपा) लगायत दलहरूबाट पनि कांग्रेस प्रवेश गरेको उनले बताए।

कतिपय समानुपातिक उम्मेदवार नै कांग्रेस प्रवेश गरेको पनि उनले बताए। त्यसैगरी कांग्रेसले दलका झन्डा जलाएको घटनाप्रति निन्दा समेत गरेको छ। यस्ता गतिविधि रोक्न पनि प्रवक्ता चालिसेले बताए।

आरुषी व्युटि पार्लर महेन्द्रनगर कञ्चनपुर
Leave A Reply

Your email address will not be published.