दार्चुला । आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा खटिने मतदान अधिकृत र सहायक मतदान अधिकृतका लागि तालिमको आयोजना गरिएको छ । जिल्लाका मतदान केन्द्रमा खटिने मतदान अधिकृतलाई दुईदिन सम्म तालिम संचालन गरिने निर्वाचन कार्यालय दार्चुलाले जनाएको छ ।
निर्वाचन कार्यालय दार्चुलाका अनुसार फागुन १३ र १४ गते निर्वाचन कार्यालयमा मतदान अधिकृत र सहायक मतदान अधिकृतका लागि तालिमको आयोजना गरिएको आयोगका सूचना अधिकारी चित्रप्रकाश जोशीले जानकारी दिए । तालिममा मतदानको प्रक्रिया, कानुनी, व्यावहारिक र सैद्धान्तिक पक्षका कुरा सिकाइने उनले बताए ।
यस्तै उनीहरूलाई मतदान अधिकृत र सहायक मतदान अधिकृतले गर्नुपर्ने काम, कर्तव्य, अधिकारक्षेत्र, मतदान केन्द्र निर्माण गर्ने तरिकालगायत विषयमा तालिम प्रदान गरिने भएको छ । फागुन १३ गते अपिहिमाल,व्यासँ, मार्मा लेकम नौगाड गाउँपालिकामा खटिने मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई निर्वाचन कार्यालयमा तालिम दिइने भएको छ ।
यस्तै फागुन १४ गते जिल्लाको शैल्यशिखर, महाकाली नगरपालिका, मालिकार्जुन दुहुँ गाउँपालिमा खटिने मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई तालिम दिइने भएको छ । एक निर्वाचन क्षेत्र रहेको जिल्लामा विभिन्न राजनीतिक दलबाट ११ जना उम्मेदवार चुनावी प्रतिस्र्धामा धन्।
मतदान र सहायक मतदान अधिकृत नियुक्तिसँगै मतदानस्थल, निर्वाचन अधिकृतको कार्यालय र अन्य सुरक्षा व्यवस्थालाई चुस्त पारिने बताइएको छ । दार्चुलामा प्रतिनिधिसभा चुनावका लागि एक सय १२ मतदानस्थल र एक सय ४३ मतदान केन्द्र तोकिएका छन् ।
