दुई दिनमा ८८ सय रूपैयाँ बढ्यो सुनको भाउ, आज कतिमा हुँदैछ किनबेच?

काठमाडौंं । नेपाली बजारमा सुनको भाउ सोमबार पनि बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार (फागुन ११) सुन तोलामा ३२ सय रुपैयाँले बढेको हो ।

अघिल्लो दिन प्रतितोला ५६ सयले बढेर तीन लाख १० हजार ३०० रुपैयाँ कायम भएको थियो । आजको भाउअनुसार उपभोक्ताले एक तोला सुन किन्न तीन लाख १३ हजार ५०० रुपैयाँ खर्चिनुपर्ने हुन्छ ।

यस्तै, चाँदीको भाउ तोलामा १७० रुपैयाँले बढेर प्रतितोला पाँच हजार ५९५ रुपैयाँ पुगेको छ । आइतबार पाँच हजार ४२५ रुपैयाँमा किनबेच भएको थियो ।

Leave A Reply

Your email address will not be published.