काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका संस्थापक सभापति भरतप्रसाद पराजुलीले पनि पार्टी परित्याग गरेका छन्।
रास्वपा जानुअघि कांग्रेसमा रहेका पराजुली पुन: कांग्रेसमै फर्किएका हुन्।
सोमबार बिहान सर्लाहीमा कांग्रेस सभापति गगनकुमार थापाले पराजुलीलाई कांग्रेसमा स्वागत गरे।
पराजुली २०७९ को प्रतिनिधि सभा निर्वाचनमा मकवानपुर क्षेत्र नम्बर २ बाट उम्मेदवार बनेका थिए। उनी मकवानपुरको पश्चिम क्षेत्रमा राम्रो पकड भएका नेता मानिन्छन्।
प्रतिनिधि सभा निर्वाचनमा रास्वपाबाट टिकटको प्रमुख दावेदार रहे पनि पछि आएकालाई टिकट दिएपछि पराजुली असन्तुष्ट थिए।