कालापानी क्षेत्रमा पनि चुनाव गराउन माग गर्दै ब्यानर देखाएका फणिन्द्र नेपाल पक्राउ

काठमाडौं । ग्रेटर नेपाल अभियानका संस्थापक फणिन्द्र नेपाललाई प्रहरीले पक्राउ गरेको छ ।

निर्वाचन आयोग बाहिर ब्यानर प्रदर्शन गरेपछि उनलाई प्रहरीले केहीबेर अघि नियन्त्रणमा लिएको हो ।

नेपालले कालापानी क्षेत्रमा पनि निर्वाचन गराउनुपर्ने मागसहितको ब्यानर प्रदर्शन गरेका थिए । नेपालको नक्सामा समावेश भएको क्षेत्रर्लाइ निर्वाचनमा छुटाउन नहुने नेपालको भनाइ छ ।

नेपाल प्रेस

 

Leave A Reply

Your email address will not be published.