लेकममा कक्षा ५–८ को बार्षिक परीक्षा चैत २ गतेदेखि सञ्चालन हुने (सूचना सहित)

दार्चुलाको लेकम गाउँपालिकाले पालिकास्तरीय कक्षा ५–८ को बार्षिक परीक्षाको समय तालिका सार्वजनिक गरेको छ । मंगलबार एक सूचना सार्वजनिक गदैँ पालिकाले आगामी चैत्र २ गते देखि चैत्र ९ गतेसम्म एकसाथ पालिकाभरी आधारभुत तह कक्षा ५–८ को बार्षिक परीक्षा सञ्चालन गर्ने निर्णय गरेको छ ।

(हिजो) सोमबार परीक्षा सञ्चालन तथा व्यवस्थापन समिति र विद्यालयका प्रधानाध्यापकहरुको बैठकले चैत २ गते देखि पालिकाभरी एकसाथ बार्षिक परीक्षा संञ्चालन गर्ने तयारी गरिएको गाउँपालिकाले जनाएको छ । परीक्षा विहान ८ बजेदेखि सुरू हुने बताइएको छ ।

सूचनामा उल्लेखभए अनुसार चैत्र २ गते अनिवार्य अंग्रेजी,चैत्र ३ गते अनिवार्य नेपाली,चैत्र ४ गते सामाजिक अध्ययन तथा मानव मूल्य शिक्षा,चैत्र ५ गते विज्ञान तथा प्रविधि शिक्षा, चैत्र ६ गते स्वास्थ्य शारिरीक तथा सृजनात्मक शिक्षा, चैत्र ७ गते शनिबार विदा चैत्र ८ गते अनिवार्य गणित र चैत्र ९ गते हाम्रो लेकम रहेको छ ।

Leave A Reply

Your email address will not be published.