काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा चुनावकै मुखमा बुधबार राति सिंगापुर उडे । देउवानिकट कांग्रेस नेताहरूका अनुसार उनको बुधबार राति रक्तचाप बढेको थियो । त्यसपछि उनी आफ्ना स्वकीय सचिव भानु देउवालाई लिएर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सिंगापुर उडेका हुन् ।
देउवा विगतमा पनि स्वास्थ्य उपचारका लागि सिंगापुर जाने गरेका थिए । देउवा अकस्मात् सिंगापुर उड्दा पूर्वपरराष्ट्रमन्त्रीसमेत रहेकी आरजु देउवा राणा भने भारत भ्रमणमा छन् । उनी भारतको उज्जेनस्थित महाकालेश्वोर मन्दिर दर्शनमा पुगेकी छन् । उनी केही दिनदेखि नै भारत भ्रमणमा रहेको कांग्रेस नेताहरूले जनाएका छन् ।
