सामान्य बढ्यो सुनचाँदीको मूल्य

काठमाडौंं । नेपाली बजारमा बिहीबार (फागुन १४) सुनको सामान्य बढेको छ । यस दिन सुन तोलामा ६०० रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजका लागि सुनको मूल्य तीन लाख १५ हजार ४०० रुपैयाँ तोकिएको छ ।

अघिल्लो दिन तीन लाख १४ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, चाँदीको भाउ प्रतितोला १० रुपैयाँले बढेर तोलाको पाँच हजार ७२५ कायम भएको छ । अघिल्लो दिन पाँच हजार ७१५ रुपैयाँमा कारोबार भएको थियो ।

Leave A Reply

Your email address will not be published.