मालिकार्जुनमा भोली कांग्रेसले चुनावी आमसभा गर्दै, बडु र जोशीले सम्बोधन गर्ने

दार्चुला । नेपाली कांग्रेस दार्चुलाले भोली शुक्रबार जिल्लाको मालिकार्जुन गाउँपालिकामा चुनावी आमसभा गर्ने भएको छ । आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गरी चुनावी आभसभाको तयारी भएको नेपाली कांग्रेस मालिकार्जुन गाउँपालिका सभापति किसन सिंह सामन्तले जानकारी दिए ।

नेपाली कांग्रेस गाउँ कार्यसमिति मालिकार्जुनको आयोजनामा पालिकाको वडा–८पस्ती पौलबिसामा चुनावी आमसभाको आयोजना गरीएको उनले बताए । चुनावी आमसभालाई नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री दिलेन्द्र प्रसाद बडु र दार्चुलाबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार धर्मानन्द जोशीले सम्बोधन गर्ने कार्यक्रम रहेको बताइएको छ ।

पार्टीका अनुसार निर्वाचन प्रचार–प्रसारलाई तीव्र पार्ने उद्देश्यले आमसभा आयोजना गर्न लागिएको छ । कार्यक्रममा स्थानीय नेता, कार्यकर्ता तथा सर्वसाधारणहरुलाई उपस्थितिका लागि पार्टीले आह्वान समेत गरेको छ । यसअघि कांग्रेसले जिल्लाको अपिहिमाल, मार्मा, र नौगाड गाउँपालिकामा चुनावी आमसभा सम्पन्न गरिसकेको छ ।

Leave A Reply

Your email address will not be published.