दार्चुला । दार्चुलाको उत्तरी भेगका मतदान केन्द्रबाट नेपाली सेनाको हेलिकप्टरमार्फत मतपेटिका संकलन गरी जिल्ला सदरमुकाम खलंगा ल्याइने भएको छ ।
दुर्गम भूगोलका कारण पैदल मार्गबाट सदरमुकामसम्म मतपेटिका ल्याउन करिब दुई दिन लाग्ने भएकाले नेपाली सेनाको हेलिकप्टर प्रयोग गरी मतपेटिका सुरक्षीत रुपमा जिल्ला ल्याइने तयारी भएको प्रमुख जिल्ला अधिकारी अनिल पौडेलले जानकारी दिएका छन् ।
उनका अनुसार अपि हिमाल गाउँपालिका वडा – ३ को हिमालय आधारभूत विद्यालय पाथा, वडा – २ को भवानी आधारभूत विद्यालय सिती, अपि हिमाल गाउँपालिका–४ को खण्डेश्वरी माध्यमिक विद्यालय क्षत्ति र वडा -६ को महिला सामुदायिक भवन सितोलाको मतपेटिका सदरमुकाम ल्याउने तयारी भएको बताए ।
एक निर्वाचन क्षेत्र रहेको दार्चुलामा विहिबार शान्तीपुर्ण रुपमा मतदान सम्पन्न भएको छ । अहिले नजिकका मतदान केन्द्रबाट धमाधम मतपेटिका संकलन भइरहेको निर्वाचन कार्यालय दार्चुलाले जनाएको छ ।