दार्चुलामा बल्ल मतगणना सुरु

दार्चुला । दार्चुलामा प्रतिनिधिसभा निर्वाचनको मतगणना सुरु भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयकाअनुसार सर्वदलीय बैठकले बेलुकी ७ बजेबाट मतगणना गर्ने निर्णय गरेपनि मतगणना भर्खर सुरु भएको हो ।

बिहीबार भएको प्रतिनिधिसभाको निर्वाचनमा दार्चुलामा ५३.७६ प्रतिशत अर्थात् ४९हजार ९६८ जनाले मतदान गरेका छन् ।

सुरुमा अहिले जिल्लाको व्यासँ गाउँपालिका वडा -२ बाट मतगणना सुरु भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.