बैतडी । नेपाली कांग्रेसले बैतडीका महासमिति सदस्य उत्तर बहादुर ऐर र जिल्ला कार्य समिति सदस्य बिरेन्द्र बहादुर ऐरलाई कारबाही गरेको छ।
पार्टीको आचरण, अनुशासन र विधान विपरित कांग्रेस उम्मेदवार चतुर बहादुर चन्दविरुद्धको गतिविधिमा संलग्न भई अन्य दलको उम्मेदवारलाई मत मागेको भन्दै कारबाहीमा परेका हुन्। कारबाहीमा परेका दुबैजना दाजुभाई हुन्।
दुबैलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी ५ वर्षका लागि निष्कासित गरिहेको बैतडीका जिल्ला अनुशासन समिति संयोजक देव राज जोशीले जानकारी दिए।
यस्तै, प्रमाणका रुपमा दुबै जनाको अडियो समेत राखिएको उनले बताए।
