घट्यो सुनको भाउ, आज कतिमा हुँदैछ किनबेच ?

काठमाडौं । स्थानीय बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुनको मूल्य प्रतितोला २ हजारले घटेको हो ।

आजको मूल्यअनुसार सुन एक तोलाबराबर तीन लाख १७ हजार रुपैयाँ पर्नेछ । अघिल्लो दिन प्रतितोला तीन लाख १९ हजार रुपैयाँ रहेको थियो ।

यस्तै, चाँदीको भाउ तोलामा २०५ रुपैयाँले घटेर पाँच हजार ५१५ रुपैयाँ कायम भएको छ ।अघिल्लो दिन पाँच हजार ७२० रुपैयाँमा कारोबार भएको थियो ।

Leave A Reply

Your email address will not be published.