दार्चुलाको लटिनाथ बाट विदा भए निर्वाचन प्रहरी (फोटो फिचर)

दार्चुला  । दार्चुलामा यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन सुरक्षाका निम्ति भर्ना गरिएका प्रहरी आफ्नो सेवा अवधि पूरा गरेर बिदा भएका छन् । बिहीबार निर्वाचन प्रहरीलाई बिदाइ गरिएको हो । बुधबार निर्वाचनको सबै मतगणना सकिएको थियो । ४० दिनको निर्वाचन सुरक्षापश्चात् उनीहरूलाई बिदाइ गरिएको हो ।

जिल्लाको मार्मा गाउँपालिका अन्तरर्गत इलाका प्रहरी कार्यालय लटिनाथमा खटिएका २५ जना निर्वाचन प्रहरीको विदाई गरिएको इलाका प्रहरी कार्यालय लटिनाथ मार्माका प्रहरी निरीक्षक दिनेश तिमिल्सेनाले जानकारी दिए । दार्चुलामा नेपाल प्रहरी र सशस्त्र प्रहरीका गरी जम्मा ९३० जना निर्वाचन प्रहरी मतदान केन्द्र र मतदानस्थलको सुरक्षार्थ खटिएका थिए ।

उनीहरूलाई धन्यवाद सहितको प्रमाणपत्र पनि उपलब्ध गराइएको छ । ४० दिनको सेवाबापत उनीहरूलाई सरकारले प्रतिव्यक्ति ३४ हजार ७७६ रुपैयाँ तलब प्रदान गरेको प्रहरीले जनाएको छ ।

 

Leave A Reply

Your email address will not be published.