११ बर्षिया बालिकालाई यौन दुव्र्यवहार गरेको आरोपमा एक पुरुष पक्राउ

दार्चुला । दार्चुलामा गौरा हेर्न गएकी ११ वर्षीया बालिकालाई यौन दुव्र्यवहार गरेको आरोपमा एक पुरुषमाथि जिल्ला अदालतमा मुद्वा दर्ता गरिएको छ ।

भदौ १५ गते गौरा पर्वमा गएको बेला बालिकामाथि यौन दुव्र्यवहार गर्ने नौगाड गाउँपालिका वडा नम्बर ४ का २५ वर्षीय महेशसिह ठगुन्नाविरुद्व मुद्वा दर्ता भएको प्रहरीले जनाएको छ ।

बालिकाले आफुमाथि यौन दुव्र्यवहार गरेको भन्दै बुधबार जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएपछि प्रहरीले आरोपितलाई बिहीबार पक्राउ गरी मुद्वादर्ता गरेको छ । आरोपित ठगुन्नामाथि बालयौन दुव्र्यवहार कसूर अन्तर्गत मुद्धा दर्ता गरी गरि थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक नरेन्द्रबहादुर चन्दले जानकारी दिनुभयो ।

भदौ १५ गते मार्मा गाउँपालिकाको वडा नम्बर ६ अन्तरगर्न पर्ने पथरकडा क्षेत्रमा गौरापर्वमा गएको बेला बालिकामाथि यौन दुव्र्यवहार गरेको प्रहरीले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.