अनुशासन उल्लंघनका उजुरीमाथि कांग्रेसले थाल्यो छानबिन

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिमा प्राप्त भएका अनुशासन उल्लंघनका उजुरीहरूको प्रारम्भिक अध्ययन गर्ने निर्णय गरेको छ।

केन्द्रीय अनुशासन समितिका संयोजक तारामान गुरुङको संयोजकत्वमा पार्टीको केन्द्रीय कार्यालय सानेपामा बसेको बैठकले अनुशासन उल्लंघनका उजुरीहरूबारे छानबिन थालेको का.वा. मुख्य सचिव कृष्णप्रसाद दुलालले बताए।

बैठकले केन्द्रीय कार्यालयका सह–सचिव दिनेश थापा मगरलाई अनुशासन समितिको सचिवमा नियुक्त गर्ने निर्णय समेत गरेको छ।

Leave A Reply

Your email address will not be published.