दार्चुलामा एक महिनाको अवधिमा ८२ सवारी साधन कारवाहीमा

दार्चुला । दार्चुलामा एक महिनाको अवधिमा ८२ सवारी साधन कारवाहीमा परेका छन् । गएको फागुन महिनामा ट्राफिक नियम उल्लंघन गर्ने ८२ सवारी साधन कारवाहीमा परेका जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

कारवाहीमा परेका सवारी साधनबाट जरीवाना बाफत ६७ हजार रुपैयाँ राजस्व संकलन भएको प्रहरीले जनाएको छ । यस्तै एक महिनाको अवधिमा तीनओटा सवारी साधन दुर्घटनामा परेका जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

ती दुर्घटनामा परेर ३ जना घाइते भएका छन् । तिनैजनाको प्रहरीले उद्धार गरेको छ । चालकको लापरवाही, प्राविधिक समस्या र यात्रुहरुका कारण पनि सवारी दुर्घटना हुने गरेको प्रहरीको विश्लेषण छ ।

Leave A Reply

Your email address will not be published.