दार्चुलाको महाकाली नदीमा बेपत्ता भएका बालकलाई खोज्न गोताखोर परिचालन

दार्चुला । गत सोमबार (चैत्र २ गते) महाकाली नदीमा पौडी खेल्ने क्रममा बेपत्ता भएका बालक खोज्न सशस्त्र प्रहरी बलले गोताखोर परिचालन गरेको छ । महाकाली नदीमा पौडी खेल्ने क्रममा व्यास गाउँपालिका-६ पन्तोलीका अन्दाजी १६ वर्षीय धिरज सिह धामी अहिले पनि  बेपत्ता रहका छन् ।

बेपत्ता भएकै दिनदेखि सुरक्षाकर्मी स्थानीयहरुले खोजीकार्य गर्दा समेत बेपत्ता बालन फेला नरेपछि सशस्त्र प्रहरी बलले गोताखोर परिचालन गरेको जनाएको छ ।
सशस्त्र प्रहरी बल नेपाल नम्बर ४४ गण दार्चुलाबाट खोजतलास गरे पनि बेपत्ता बालकलाई फेला पार्न नसके पछि आज बिहान सुदुरपश्चिम प्रदेश अतरिया बाहिनीबाट सशस्त्र प्रहरी बलको गोताखोर परिचालन गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।

सोमबार दिउँसोदेखि बेपत्ता बालक अझै फेला पर्न नसकेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी प्रमुख डिएसपी गौरव महतले जानकारी दिए । जिल्ला सदरमुकाम खलङ्गामा कोठा गरी बस्ने धिरज धामी पौडी खेल्ने क्रममा सदरमुकामस्थित महाकाली नगरपालिका–५ बसपार्क क्षेत्रबाट बेपत्ता भएका थिए।

साथीहरुसँग पौडी खेल्न गएका धिरज नदीमा डुबेर बेपत्ता भएका हुन । उनीसँगै गएका उनका दुई जना साथी भने सकुशल रहेको प्रहरीले जनाएको छ । उनी सदरमुकामस्थित महेन्द्र माध्यमिक विद्यालय खलंगामा कक्षा ९ मा अध्ययनरत रहेका छन् ।

Leave A Reply

Your email address will not be published.