दार्चुला। दार्चुलाका दुई स्थानीय तहबाट सूचिकृत भएका ७ अव्यवस्थित बसोबासी र ४ जना सुकुम्बासीलाई जग्गा धनी पुर्जा वितरण गरिएको छ । विहिबार भूमि समस्या समाधान आयोगको कार्यालयमा एक औपचारीक कार्यक्रम मार्फत ११ जना भूमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिएको हो ।
भूमि समस्या समाधान आयोगका जिल्ला अध्यक्ष लालसिह धामीको अध्यक्षता एव दार्चुलाबाट निर्वार्चित सांसद गणेश सिह ठगुन्नाको प्रमुख आर्थित्यतामा भूमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिएको आयोगले जनाएको छ । भूमि समस्या समाधान आयोगका अनुसार महाकाली नगरपालिका र नौगाड गाउँपालिकाका सुकुम्बासीलाई जग्गा धनी पुर्जा वितरण गरिएको जनाएको छ ।
महाकाली नगरपालिकाका ४ जना सुकुम्बासी र ३ जना अव्यवस्थित बसोबासी तथा नौगाड गाउँपालिकाका ४ जना अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिएको भूमि समस्या समाधान आयोगका जिल्ला अध्यक्ष लालसिह धामीले जानकारी दिए । जग्गाधनी प्रमाण पुर्जा वितरण कार्यक्रममा राजनितिक दलका प्रतिनिधि सरोकारवला निकायहरुको उपस्थिति रहेको थियो ।
