दार्चुला । उपचारको अभावमा मृगौला पिडित भुवन सिह धामीको उपचारको लागी सहयोग संकलन सुरू भएको छ । मालिकार्जुन खबरमा प्रकाशित बसेडीका मृगौला पीडित धामीको याचना: ‘सहयोग पाए बाँच्ने थिएँ’ भन्ने समाचारको प्रभावले सहयोग संकलन सुरू भएको हो ।
दार्चुलाको मालिकार्जुन गाउँपालिका ८ बसेडीका भुवन सिंह धामी अहिले काठमाडौँ स्थित भक्तपुर अस्पतालमा उपचाररत रहेको उनका आफन्तहरुले जानकारी दिएका छन् । कामको सिलसिलामा भारतको राजधानी नया दिल्ली स्थित नोएडामा काम गदैँ आएका धामीको स्वास्थ्यमा एक्कासी गम्भीर पिडादायी अवस्था आएपछि मनकारीहरुले अहिले आर्थिक सहयोग गर्न थालेका छन् ।
धामीको उपचारमा डाक्टरहरुले महंगो खर्च लाग्ने बताएपछि उनका आफन्तहरु खर्च जुटाउनमा लागेका छन् । शुभेच्छुकहरुको सहयोगमा मृगौला प्रत्यारोपण गरेर भएपनि बाँच्ने धामीले ठुलो आशा राखेका छन् । भुवनले छिमेकी राष्ट्र भारतमा काम गदैँगर्दा हाल सम्म कमाएको पैसा उपचारकाक्रममा सकिएको छ, ‘मेरो जीवन मरण तपाईहरुको हातमा छ,’ मृगौला पिडित धामीले भने, ‘आफ्नै बुवा, आफ्नै काका वा दाजुभाई सम्झेर सहयोग गर्न अपिल गर्दछु ।’ उनले भन्नु भयो ।
उनको उपचारका लागि लाग्ने कुल रकम यकिन नभएपनि मनकारीहरुले अहिले स्वेच्छाले सहयोग गरिरहेको मृगौला पिडित धामीका भाई नरेन्द्र सिह धामीले बताए । आजसम्म नेपालमा ८० हजार र भारतमा १ लाख १० हजारसम्म आर्थिक सहयोग संकलन भएको पनि उनले बताए ।
भुवनको उपचारका लागि सहयोगी हातहरुले निरन्तर रुपमा अहिले आर्थिक सहयोग गरिरहेको बताएका छन् । पिडित धामीका आफन्तहरुले सहयोग गर्नका लागि सम्पर्क नम्बर नरेंद्र सिंह धामी ९८६५६४६०२२ र कलावती धामी ९८४८७१३९५२ सामाजिक संञ्जालमा राखेका छन् ।
हामीले हिजो प्रकाशित गरेको यो समाचार पनि पढ्नुस्