३५ जिल्लामा कांग्रेसको वडा अधिबेशन सम्पन्न

दार्चुला । सरकारको नेतृत्व गरिरहेका दल नेपाली कांग्रेसको वडा अधिवेशन शुरु भएको छ ।

साढे पाँच वर्षभित्र महाधिवेशन गराइसक्नुपर्ने संवैधानिक व्यवस्थाअनुसार, कांग्रेसले वडा अधिवेशन शुरु गरेको हो । आगामी २३ भदौमा कांग्रेस नेतृत्वको कार्यकाल साढे पाँच वर्ष पुग्छ । अतः शुक्रबार वडा अधिवेशन गरेर त्यसलाई तीन महिनासम्म लैजाने कार्यतालिकाअनुसार कांग्रेस १४औं महाधिवेशनमा होमिएको छ ।

कांग्रेस केन्द्रीय मूख्यालयका अनुसार, शुक्रबार ३५ जिल्लामा वडा अधिवेशन भएको छ । ५६ जिल्लामा अधिवेशन हुने तालिका भएपनि शुक्रबार ३५ जिल्लामा मात्रै वडा अधिवेशन सम्पन्न भएको छ । निर्वाचन समितिका अनुसार, ताप्लेजुङ, पाँचथर, इलाम, संखुवासभा, तेह्रथुम, भोजपुर, खोटाङ, सोलुखुम्बु, ओखलढुंगा, उदयपुर, दोलखा, सिन्धुली, भक्तपुर, तनहुँ, गोरखा, लमजुङ, कास्की, मनाङ, मुस्ताङ, पर्वत, स्याङ्जा, म्याग्दी, मनाङ, नवलपरासी, रुपन्देही, गुल्मी, अर्घाखाँची, जुम्ला, हुम्ला, जाजरकोट, दैलेख, बझाङ, डोटी, अछाम र कञ्चनपुरमा वडा अधिवेशन भएको छ ।

क्रियाशील सदस्यता सार्वजनिक भएको बाँकी २१ जिल्लामा २३ भदौभित्र अधिवेशन हुने कांग्रेसले जनाएको छ । निर्वाचन समितिले दिएको जानकारी अनुसार नुवाकोट, धादिङ, मकवानपुर, ललितपुर, पाल्पा, बागलुङ, सल्यान, मुगु र बैतडीमा २१ भदौमा वडा अधिवेशन हुनेछ । २२ भदौमा प्यूठान, दाङ, कालीकोट र दार्चुलाको अधिवेशन हुनेछ भने २३ भदौमा नवलपुर, रोल्पा र रुकुम पश्चिमको अधिवेशन हुनेछ ।
कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार, बाँकी २१ जिल्लाको पनि नामावली क्रमशः प्रकाशित हुँदै जाने र यही २७ भदौको निर्धारित गाउँरनगरपालिका अधिवेशन अगाडि सवै वडा अधिवेशन सक्ने तयारी छ ।

कांग्रेसको वडा अधिवेशनमा करीब नौ लाख क्रियाशील सदस्यले भाग लिदैछन् । क्रियाशील सदस्यले आफने वडाको वडासमिति र क्षेत्रीय प्रतिनिधिको चयन गर्छन् । वडा अधिवेशनले आफू मध्येबाट सभापति एक, उपसभापति दुई, सचिव दुई र सहसचिव दुईगरी सात पदाधिकारी निर्वाचित गर्ने कांग्रेसको विधानमा व्यवस्था छ । यसबाहेक मतदाता संख्याको अनुपातका आधारमा वडा सदस्य र क्षेत्रीय प्रतिनिधि निर्वाचित हुनेछन् ।
मुलुकभरका सबै छ हजार सात सय ४३ वडामा अधिवेशन सम्पन्न हुँदा ४७ हजार दुई सय एक पदाधिकारी र सदस्य एक लाख २१ हजार ६ सय ८१ निर्वाचित हुने समितिका संयोजक महादेवप्रसाद यादवले बताए । देशभरका वडाबाट एक लाख १४ हजार पाँच सय ७५ क्षेत्रीय प्रतिनिधि निर्वाचित हुनेछन् ।
महाधिवेशन अन्तर्गत गाउँरनगर वडा अधिवेशन भदौ १८, गाउँ÷नगरपालिका अधिवेशन भदौ २७, प्रदेशसभा क्षेत्रीय अधिवेशन आगामी असोज १ र प्रतिनिधिसभा क्षेत्रीय अधिवेशनरएक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन असोज ५ गते तोकिएको छ ।

कांग्रेसले एक भन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन असोज १०, प्रदेश अधिवेशन कात्तिक १० देखि १२ गतेसम्म र केन्द्रीय महाधिवेशन आगामी मङ्सिर ९ देखि १३ गतेसम्म तय गरेको छ

Leave A Reply

Your email address will not be published.