कालापानी सिर्जनशील पत्रकारिता पुरस्कार नजरिया डटकमका सम्पादक भट्टलाई प्रदान

दार्चुला । कालापानी सिर्जनशिल पत्रकारिता पुरस्कार २०८२ नजरिया डटकम अनलाइनका सम्पादक एवं नेपाल टेलिभिजनका जिल्ला सम्वाददाता प्रकाशचन्द्र भट्टलाई प्रदान गरिएको छ।

मिडिया विकास समाज नेपालले दार्चुलामा क्रियाशीलमध्ये सृजनशील पत्रकारलाई हौसला प्रदान गर्न प्रत्येक वर्ष प्रदान गर्ने कालापानी सिर्जनशील पत्रकारिता पुरस्कार भट्टलाई दिइएको हो । भट्ट प्रेस युनियन दार्चुला शाखाका सचिव समेत हुन ।

मिडिया विकास समाज नेपाल दार्चुलाको कार्य समितिको बैठकले यस वर्षको पुरस्कारको टुंगो लगाएको मिडिया विकास समाज नेपाल दार्चुलाका कार्यकारी निर्देशक शंकर सिह धामीले जानकारी दिए । सोमबार एक औपचारीक कार्यक्रमको आयोजना गदैँ कालापानी सिर्जनशिल पत्रकारिता पुरस्कार वितरण गरिएको उनले बताए ।

सुशासन, पारदर्शिता, जवाफदेही र सञ्चारको क्षेत्रमा क्रियाशील नागरिक संस्था मिडिया विकास समाज नेपालले सृजनाशील पत्रकारलाई प्रोत्साहन गर्न एक लाखको अक्षय कोषको स्थापना गरी हरेक वर्ष कालापानी सिर्जनशील पत्रकारिता पुरस्कार प्रदान गर्दै आएको छ । पुरस्कारको राशी ५ हजार १ सय ५१ रुपैयाँ रहेको छ ।

पत्रकारिताक्षेत्रमा लागेको एक दशकपछि पत्रकार भट्टले सिर्जनशील पत्रकारिता पुरस्कारद्धारा सम्मानित भएका हुन् । २०६८ सालदेखि मिडिया विकास समाज नेपाल दार्चुलाले सिर्जनशील पत्रकारलाई पुरस्कार प्रदान गर्दै आएको छ ।

Leave A Reply

Your email address will not be published.