आज पहाडी क्षेत्रका केही ठाउँमा हल्का पानी पर्ने, हिमाली क्षेत्रमा हिमपातको सम्भावना

दार्चुला । देशका धेरै ठाउँको मौसम बद्ली भएको छ। आज पहाडी क्षेत्रका एकरदुई ठाउँमा फाट्टफुट्ट पानी पर्ने मौसमविद्ले बताएका छन्।

वाग्मती, गण्डकी, कर्णाली, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एकरदुई ठाउँमा फाट्टफुट्टदेखि हल्का पानी पर्ने मौसमविद् निराजन सापकोटाले जानकारी दिनुभयो।

बिहान काठमाण्डौ उपत्यकाका केही ठाउँमा पनि फाट्टफुट्ट पानी परेको थियो।

यस्तै उच्च पहाडी र हिमाली क्षेत्रमा आज पनि हिमपात हुने सम्भावना रहेको मौसमविद् निराजन सापकोटाले जानकारी दिनुभयो । उहाँका अनुसार हिजोदेखि नै उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपात भइरहेको छ ।

अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको प्रभावका कारण आज र भोलि पनि हिमपात हुने सम्भावना रहेको उहाँले बताउनुभयो । नेपालमा अरब सागरमा बनेको निम्न चापीय क्षेत्रको प्रभावले देशका धेरैजसो ठाउँमा चिसो बढ्ने क्रममा रहेको छ ।

Leave A Reply

Your email address will not be published.