दार्चुला । समाजमा मानवीय सेवाको उत्कृष्ट उदाहरण प्रस्तुत गर्दै दार्चुला जिल्लाका एक शिक्षकले आफ्ना छोराको जन्मदिनको अवसरमा परोपकारी कार्य गरेका छन्।
दार्चुला जिल्ला मालिकार्जुन गाउँपालिका वडा नं. ४ हुनैनाथ औतालेक घर भई हाल जनज्योति आधारभूत विद्यालय देविधुरामा कार्यरत शिक्षक सोनु धामीले आफ्नो छोरा रोविन्स धामीको जन्मदिनलाई विशेष बनाउँदै मृगौला पीडितलाई आर्थिक सहयोग प्रदान गरेका हुन्।
मालिकार्जुन गाउँपालिका वडा नं. ८ बसेडी (सल्या) निवासी भुवनसिंह धामी दुवै मृगौला फेल भई भक्तपुरस्थित सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा उपचाररत रहेका छन्। उनको उपचारमा सहयोग पुगोस् भन्ने उद्देश्यले शिक्षक धामीले छोराको जन्मदिनमा केक काट्ने परम्परा त्याग्दै नगद रु. २०५५ सहयोग प्रदान गरेका छन्।
यस मानवीय कार्यप्रति स्थानीयवासी तथा सहयोगी मनहरूले उच्च प्रशंसा गरेका छन्। सहयोग अभियानका तर्फबाट रोविन्स धामीलाई जन्मदिनको हार्दिक शुभकामना व्यक्त गर्दै उज्ज्वल भविष्यको कामना गरिएको छ। साथै उनका अभिभावकप्रति धन्यवाद व्यक्त गरिएको छ।
पीडित भुवनसिंह धामीको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै परिवार तथा आफन्तजनले सबै दयालु सहयोगीहरूलाई आर्थिक सहयोगका लागि अपिल गरेका छन्।सहयोग गर्न इच्छुक व्यक्तिहरूले नरेन्द्र सिंह धामीको नाममा रहेको माछापुच्छ्रे बैंकको खातामा रकम जम्मा गर्न सक्नेछन् वा क्यूआर कोड स्क्यान गरी सहयोग गर्न सकिने जानकारी दिइएको छ।
साथै सहयोग गरेको प्रमाण (स्क्रिनसट) अभियानकर्ता वा नरेन्द्र सिंह धामीको मेसेन्जर वा व्हाट्सएपमार्फत पठाउन अनुरोध गरिएको छ। यस प्रकारका साना तर अर्थपूर्ण पहलहरूले समाजमा सकारात्मक सन्देश फैलाउने र मानव सेवाको भावना जागृत गराउने विश्वास लिइएको छ।