दार्चुला । नेपाली कांग्रेस जिल्ला कार्यसमिति दार्चुलाले जिल्ला कार्यसमिति बैठक बोलाएको छ। पार्टीको केन्द्रीय कार्यसमितिको निर्णयअनुसार केन्द्रीय प्रतिनिधि गोविन्द राज जोशीको उपस्थितिमा बैठक आयोजना गरिएको जनाएको छ ।
जिल्ला कार्यसमितिले जारी गरेको सूचनाअनुसार बैठकमा जिल्ला कार्यसमिति पदाधिकारी, सदस्यहरू, केन्द्रीय तथा पूर्व केन्द्रीय सदस्यहरू, महाधिवेशन प्रतिनिधिहरू, प्रदेश कार्यसमिति पदाधिकारी तथा प्रतिनिधिहरू, पालिका कार्यसमिति सभापति तथा पदाधिकारीहरू, शुभेच्छुक संघसंस्थाका प्रतिनिधिहरू लगायतलाई उपस्थित हुन अनुरोध गरिएको छ।
बैठक दार्चुलाको विपी स्मृति भवन, खलंगामा बस्नेछ। बैठक बिहान ११ बजे सुरु हुने जनाइएको छ। कार्यक्रमअन्तर्गत २०८३ साल वैशाख १९ गते समीक्षा बैठक तथा वैशाख २० गते ‘जरा अभियान’ सम्बन्धी कार्यक्रम सञ्चालन गरिने सूचनामा उल्लेख छ।
जिल्ला कार्यसमिति सभापति ललित सिंह बोहराद्वारा हस्ताक्षरित सूचनामा निर्धारित मिति, समय र स्थानमा अनिवार्य उपस्थितिका लागि सम्बन्धित सबैलाई अनुरोध गरिएको छ।
