दार्चुला । दार्चुलाको शैल्यशिखर नगरपालिका–९, गोकुलेश्वरस्थित मालिकार्जुन अस्पताल प्रा.लि. मा वरिष्ठ बाथरोग तथा नसारोग विशेषज्ञ डा. अमृत घिमिरेबाट विशेष स्वास्थ्य परीक्षण तथा परामर्श सेवा प्रदान गरिने भएको छ ।
अस्पतालका अनुसार मंसिर १० गते बिहीबार वीर अस्पताल, काठमाडौंका अवकाशप्राप्त वरिष्ठ विशेषज्ञ डा. घिमिरेले बिरामीहरूको स्वास्थ्य परीक्षण तथा उपचार गर्नेछन् ।
MBBS, MD (Rheumatologist), DITM तथा DCR (Delhi) उपाधि प्राप्त डा. घिमिरे (NMC No. 7640) को उपस्थितिमा सञ्चालन हुने उक्त सेवामार्फत विभिन्न प्रकारका बाथरोग तथा जोर्नीसम्बन्धी समस्याको परीक्षण र उपचार गरिनेछ ।
विशेषगरी जोर्नी दुख्ने, सुन्निने, बिहान उठ्दा जोर्नी कडा हुने, रुमेटोइड आर्थराइटिस, युरिक एसिड बढ्ने तथा गाउटको समस्या भएका बिरामीले सेवा लिन सक्नेछन् । त्यस्तै घुँडा, कम्मर, ढाड तथा घाँटी दुख्ने, मांसपेशी दुख्ने, हातखुट्टाका जोर्नी सुन्निने र चलाउन कठिनाइ हुने समस्याको समेत विशेषज्ञबाट जाँच तथा परामर्श गरिने अस्पतालले जनाएको छ ।
स्थानीय स्तरमै वरिष्ठ विशेषज्ञ चिकित्सकबाट स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले उक्त सेवा सञ्चालन गर्न लागिएको हो । यसबाट बाथरोग तथा जोर्नीसम्बन्धी समस्या भएका दार्चुला र आसपासका क्षेत्रका बिरामीलाई उपचारका लागि जिल्ला बाहिर जानुपर्ने बाध्यता केही हदसम्म कम हुने अपेक्षा गरिएको छ ।
स्वास्थ्य परीक्षण तथा परामर्श सेवा लिन इच्छुक बिरामीले मालिकार्जुन अस्पताल प्रा.लि., शैल्यशिखर नगरपालिका–९, गोकुलेश्वरमा सम्पर्क गर्न सक्नेछन् । थप जानकारीका लागि अस्पतालको फोन नम्बर ०९३–४०००२६, ९८४८४०६०९८ र ९८४–८७४७२५५ मा सम्पर्क गर्न सकिनेछ ।