सुकुम्बासी भित्र लुकेका हुकुमबासी

नेपालको पछिल्लो राजनैतिक अवस्थालाई हेर्ने हो भने आमूल परिवर्तन भएको पाइन्छ। भर्खरै सम्पन्न आम निर्वाचनले ताजा जनादेश सगै वर्षों सम्म जरा गाडेर बसेको राजनैतिक संस्कारलाई भत्काउन सफल भएको | जनताले जुनसुकै व्यवस्थालाई फाल्न सक्छन भनेर एउटा ज्वलन्त उदाहरण प्रस्तुत गरेको छ| एउटा दासत्व र चाकडीवाज युगको अन्त्य गर्दै देशलाई नया दिशातर्फ उन्मुख गराएको छ | हुन् त यो परिवर्तन त्यसै सजिलो कहा थियो र ? भदौ २३ र २४ गतेको आन्दोलन निहत्या निर्दोश युवाहरुको रगतको बलिदान‌ले गर्दा यो व्यवस्था आउन सफल भएको हो । वर्तमान सरकार सम्पूर्ण जनताको आशा, भरोसा, सपना बोकेको छा | एउटा निमुखा जनताको आशाको ज्योति हो । देशमा लामो समय सम्म जरा गाडेर बसेको बेतिथि, कुरीति भष्ट्र‌चार नातावाद, कृपावाद, चाकडी प्रथा तोडून पक्कै पनि समय लाग्नेछ । यो सरकारबाट गनुपर्ने धेरै कामहरु , परिवर्तन रहेको छ| तथापि नया कामको शुरुवात गर्न कुनै समयको पखाईमा बस्नु पर्दैन |नया कामको शुरुवातको थालनी यधपी भईसकेको छ। पक्कै पनि यी कामहरू गर्न सोचे अनुरुप सजिला छैनन् । अहिले राजनैतिक चासोको मुद्दाको रूपमा भर्खरै सरकारद्वारा गरिएको काठमाण्डौंको थापाथली र मनोहरामा लामो समयसम्म बस्दै आए‌का सुकुमवासी खाली गराएको ठूलो चर्चा पाएको छा बजारमा यस कामको पक्ष र विपक्ष दुवैमा राजनैतिक बहस भएको पाइन्छ । सरकारले एका- एक किन यस सुकुमबासी बस्ती खाली गराई संरचना हटाउन अघि बढ्‌यो। त्यसको दूरगामी परिणाम अवश्य नै एक दिन देखिनेछ । करा रह्यो नक्कलीसुकुम्बासीको |
लामो समयसम्म सुकुमबासीको नाममा हुकुमवासी भनाउदा ले यसको भरपूर्ण दुरुपयोग गरेको देखियो । आफूलाई कथित सुकुमवासी भन्न रुचाउनेले सुकुम्बासीको नाममा सरकारी सम्पति भोकचलन गर्दै आएको र झुपडी भित्र महल खडा गरी सुकुमवासी हु भन्दै हिडने व्यक्तिहछुको जमातको वास्तविक सुकुमवाली सधै पछाडी परेको पाइन्छ। राज्यद्वारा सुकुम्बासीलाई भनेर छुट्टाएको सेवा सुविधा सुकुम्बासी भनाउदाहरुले लुटेरे राजाई गरेको एउटा तितो यर्थात् हामी माझ सर्ब्वितितई छ | यो समस्या काठमाण्डौ मात्र नभई देशव्यापी रुपमा रहेको छ | वास्तविक सुकम्वासी कति छन् भन्ने यथार्थ तथ्यांक सरकार संग नहोला । यसका लागि राज्यद्वारा वास्तविक सुकुमवासी छुट्‌याउनु पहिलो काम हो । त्यस पश्चात यस्ता गरीब सुकुम्मलाई राज्यले उचित व्यवस्थापन गर्न आवश्यक हुन्छ | राज्य यस्ता गरीब जनताको एक अभिभावक हो । एउटा असल अभिभावकले आफ्ना सन्तानको उचित रेखदेख गर्नु जरुरि हुन्छ | समस्या समाधान गर्छु भन्दा झन् समस्या थपिनु हुदैन | सुकुमवासीलाई वर्षो देखि आफ्नो भोट बैङ‌कको रुपमा प्रयोग गर्दै आइरहेका जस्ता कामको सदाको लागि अन्त्य हुनुपदर्छ। सिमित टाठा,बाठाहरूले यसरी सुकुमवासी हु भन्दै अवस्थाको फाइदा उठाउनु अब रोकिनु पर्दछ । सरकारले तत्काल एउटा समिति गठन गर्दा विश्चित समयभित्र अध्ययन अनुसन्धान शुरुवात गरी वास्तविक सुकुमवासील स्थायी रुपमा राहत दिनु पर्दछ । त्यस‌का लागि ठोस नीति र कार्यान्वयन गर्न ठोस योजना बनाउन आवश्यक देखिन्छ । तिनीहरूलाई घर न घाटको अवस्थामा होइन की राज्यद्वारा व्यवस्थित र दिर्घकालिन व्यवस्थापन गर्नुपर्ने देखिन्छ। तसर्थ हुकुम्बासीलाई हटाइ सुकुम्बासीलाई व्यवस्थापन गर्न सकियो भने मात्र जनताले दिएको मतको सहि कदर हुनेछ।आफ्नो जीवनको सम्पूर्ण लगानी, कमाई, यसरी भात्काउदा उ माथि परेको बज्रपात सरकारले फक्कै पनि बुझ्न सक्नु पर्दछ । एउटा सामान्य आश्रयपनि भएन भने ती निर्हत्या, असहायको आशले हामीलाई कहिल्य पनि शान्ती दिने छैन । तसर्थ यसतर्फ अहिलेको बालेन सरकारले अवश्य पनि सोच्न पर्दछ । अनिमात्र असल सरकार शुसासनको अनुभूति गर्न सकिन्छ ।

लेखक:- अर्जुन रायमाझी 

Leave A Reply

Your email address will not be published.