दार्चुला- ट्याक्टर दुर्घटना हुँदा डडेल्धुरामा सात जना घाइते भएका छन्। अमरगढी नगरपालिका–२ मा सिमेन्ट बोकेको ट्याक्टर दुर्घटना हुँदा ७ जना घाइते भएका हुन।
सुदूरपश्चिम प्रदेश ०१–००–२ त ४९६२ नम्बरको ट्याक्टर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी निरीक्षक यज्ञराज भट्टले बताए। घाइते सातै
जनाको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ।