कञ्चनपुर एसईई नतिजा ०८२ ः ५१ प्रतिशत विद्यार्थी उत्तिर्ण 

  • कञ्चनपुर, ३० बैशाख 

माध्यामिक शिक्षा परीक्षा(एसईई) ०८२ मा कञ्चनपुरका आधा भन्दा थोरै विद्यार्थी उर्तिण भएका छन । जिल्लाबाट एसईई परीक्षामा सहभागि विद्यार्थी मध्ये नियमित तर्फ ५१.३२ प्रतिशत विद्यार्थी उर्तिण भएका हुन ।

शिक्षा विकास तथा समन्वय इकाई कञ्चनपुरको तथ्याङ्क अनुसार ८ हजार २४५ नियमित विद्यार्थी तर्फ ४ हजार, २३२ विद्यार्थी उर्तिण भएका छन । भने, ४ हजार १३ विद्यार्थी अनुर्तिण भएका छन । १ सय १३ सामुदायिक र १ सय १० निजी विद्यालय गरेर २ सय १३ विद्यालय मध्ये ५ निजी विद्यालयका ६ विद्यार्थीले मात्रै चार जिपिए ल्याएका छन । भीमदत्त नगरपालिका ४ र कृष्णपुर नगरपालिका १ निजी विद्यालयका ६ विद्यार्थीले चार जिपिएर ल्याएका हुन ।

भीमदत्त नगरपालिका ३ महेन्द्रनगरको लिटिल बुद्ध एकेडेमीका छात्रद्वय संगम जोशी, अनमोल चन्द, भीमदत्त नगरकै आर्दश विद्या निकेतनका नितेश जोशी, डाईमण्ड एकेडेमी गड्डाचौकीकी छात्रा आज्ञा श्रेष्ठ, युनाईटेड पब्लिक स्कुल महेन्द्रनगरका सम्बृद्धि ऐरी र कृष्णपुर नगरपालिका ४ गुलरियाको नवयुग बाल विद्यालयका एलिसा साउद रहेका छन ।

कञ्चनपुरमा ०८० मा २, ०८१मा सुन्य र ०८२मा २छात्रा, ४ छात्र गरेर ६ विद्यार्थीले चार जिपिए ल्याएका हुन ।तथ्याङ्क अनुसार १.६देखि २सम्म जिपिए ल्याउने १, २देखि २.४०जिपिए ल्याउने २सय १२, २.४देखि २.८०जिपिए ल्याउने १हजार ६७, २.८०देखि ३.२०जिपिए ल्याउने १हजार १७, ३.२०देखि ३.६०जिपिए ल्याउने १हजार ९४, ३.६देखि ४जिपिए ल्याउने ४सय ३४ र ४जिपिए ल्याउने ६ विद्यार्थी रहेका छन ।

०८२मा नियमित ८ हजार २४५, एक्जामटेड २ हजार ४२९ र वल्ड पार्सियल ६८ विद्यार्थी एसईईमा सहभागि भएका थिए । छात्रा ४ हजार १४२ र छात्र ४हजार ८३ नियमित विद्यार्थीले परीक्षा दिएका थिए । शिक्षा विकास तथा समन्वय इकाई कञ्चनपुरका प्रमुख लक्ष्मण गिरीले गत विगतका बर्षहरुको तुलनामा नतिजा सुधारोन्मुख भएको बताए । उनका अनुसार गत बर्ष भन्दा यस बर्ष ४ प्रतिशतले नतिजा सुधार भएको छ । ‘गत विगतका बर्षहरु भन्दा ०८२मा नतिजामा सुधार आएको छ, ‘उनले भने, ‘यसमा विद्यार्थी, शिक्षक, अभिभावक,विद्यालयदेखिका सरोकारवाला निकायको भूमिका महत्वपूर्ण छ, ‘उनले भने, ‘अझै नतिजा सुधारका लागि अझै मेहनत गर्नुपर्ने देखियो ।’ सरकारी लगानीमा संचालनमा रहेका कुनैपनि विद्यालयका विद्यार्थीले चार जिपिए नल्याएको र निजी लगानीका विद्यालयका ५विद्यालयले चार जिपिए ल्याएपछि नागरिक स्तरमा समेत टिकाटिप्पणी भईरहेको छ ।

Leave A Reply

Your email address will not be published.