दार्चुला । काँग्रेस नेताहरुको पार्टी जीवनको भविष्य नेपाली काँग्रेस दार्चुलाका झण्डै साढे चार हजार क्रियाशील सदस्यहरुको हातमा पुगेको छ ।
नेपाली काँग्रेसको आसन्न १४ औँ महाअधिवेशनमा नेतृत्व चयनगर्न दार्चुलाका ४ हजार ४ सय ७५ क्रियाशील सदस्यहरुले मतदान गर्ने छन् ।
क्रियाशील सदस्यहरुले वडा समितिका पदाधिकारीहरुको चयन गरी पालिका, प्रदेश र जिल्ला समितिको चयन गर्ने छन् भने महाअधिवेशन प्रतिनिधिको पनि छनोट गर्ने छन् ।
क्रियाशील सदस्यहरुमध्येबाट वडा सभापतिसहित १६ जनाप्रतिनिधि छनोट गरिनेछन् र तिनै सोह्र जनाले पालिका, प्रदेश र जिल्ला समितिसहित महाअधिवेशन प्रतिनिधि चयनगर्ने छन् । जिल्लाका ४ हजार ४ सय ७५ क्रियाशील सदस्यहरुले जिल्लाका ६१ वडामा ९ सय ७६ जनाप्रतिनिधि छनोट गर्ने छन् र तिनैले नेपाली काँग्रेसको पालिका, प्रदेश क्षेत्र, जिल्ला समिति र महाअधिवेशनको टुंगो लगाउने छन् ।
नवीकरण गर्ने भन्दा नयाँ सदस्य झण्डै दोब्बर
नेपाली काँग्रेसको आसन्न महाअधिवेशनमा भाग लिने नवीकरण गर्ने भन्दा नयाँ सदस्यहरुको संख्या झण्डै दोब्बर देखिएको छ । आसन्न महाअधिवेशनका लागि नेपाली काँग्रेसको क्रियाशील सदस्यहरुमध्ये १ हजार ८ सय ६४ जनाले सदस्यता नवीकरण गराएका छन् भने २ हजार ६ सय ११ जनाले नयाँ सदस्यता लिएका छन् । सदस्यता नवीकरण गर्नेमा महाकाली नगरपालिकाका बढी छन् भने नयाँ सदस्यता लिनेमा ब्यासँ गाउँपालिकाका बढी रहेका छन् ।
महाकाली नगरपालिकामा ३ सय ९० जनाले सदस्यता नवीकरण गराएका छन् भने ब्याँस गाउँपालिकामा ३ सय ९२ जनाले नयाँ सदस्यता लिएका छन् । नवीकरण गर्ने र नयाँ सदस्यतालिने गरी सबैभन्दा बढी सदस्य महाकालीमा छन् भने सबैभन्दा कम दुहूँगाउँपालिकामा रहेका छन् ।
महाकाली नगरपालिकामा नवीकरण गर्ने ३ सय ९० र नयाँ सदस्यता लिने ३ सय २३ गरी ७ सय १३ जना क्रियाशील सदस्य छन् भने ब्याँस गाउँपालिकामा १ सय ९५ नवीकरण गर्ने र ३ सय ९२ जना नयाँ सदस्यता लिएका सदस्य छन् ।
महाकाली गरपालिकापछि सबैभन्दा बढी क्रियाशील सदस्य मालिकार्जुन गाउँपालिकामा देखिएका छन् । मालिकार्जुनमा ३ स्य २७ ले नवीकरण गरेका छन् भने ३ सय २१ जनाको नयाँ सदस्यता गरी ६ सय ४८ जना क्रियाशील सदस्य छन् ।
शैल्यशिखर नगरपालिकामा २ सय ५६ जना नवीकरण गरेका र ३ सय ८७जनानयाँ गरी ६ सय ४३ जना क्रियाशील सदस्य रहेका छन् भने ब्याँसमा १ सय ९५ नवीकरण गर्ने र ३ सय ९२ नयाँ गरी ५ सय ८७जनाजनाक्रियाशील सदस्य रहेका छन् ।
आसन्न महाअधिवेशनमा अपीहिमा गाउँपालिकामा १ सय २ जना नवीकरण गरेका र २ सय २० जनानयाँ सदस्यले भाग लिने छन् भने दुहुँ गाउँपालिकामा १ सय ९७ नवीकरण गरेका र ३ सय ११ जनानयाँ गरी ५ सय ८ सदस्यले भागलिने छन् ।
नेपाली काँग्रेसको क्रियाशील सदस्यताको संख्या हेर्दा नौगाढ गाउँपालिकामा सबैभन्दा कम देखिन्छ । नौगाढमा ७८ जनाले सदस्यता नवीकरण गरेका छन् भने २ सय २३ जना नयाँ गरी ३ सय १ जनाले क्रियाशील सदस्यहरुले महाअधिवेशनमाभागलिने छन् । मार्मा गाउँपालिकामा महाअधिवेशनमा भाग लिने सदस्यहरुको संख्या १ सय ९६ नवीकरण गरेका र १ सय ६५ जना नयाँ सदस्य गरी ३ सय ६१ रहेको छ भने लेकम गाउँपालिकामा १ सय २३ जनानवीकरण गरेका र २ सय ६९ जनानयाँ गरी ३ सय ९२ जनाले महाअधिवेशनमा भागलिने छन् ।