टिकटक स्टार अन्शुको स्कुल गोल्डन ब्रिजमा टुहुरा, जेहेन्दार विद्यार्थीलाई निःशुल्क पढाई

धनसिह धामी,

कञ्चनपुर ३१ बैशाख ।

टिकट स्टार अन्शु बर्माले संचालन गरेको कञ्चनपुरको एक निजी विद्यालयमा टुहुरा, जेहेन्दार विद्यार्थीलाई निःशुल्क पढाउन लागेको छ । भीमदत्त नगरपालिका ६ ऐठपुरको गोल्डन ब्रिज पब्लिक स्कुलले टुहुरा, जेहेन्दार विद्यार्थीलाई निःशुल्क पढाउन लागेको हो । आर्थिक, समाजिक रुपमा विपन्न, छात्रा, दलित, आदिवासी जनजाती, थारु सहितका विपन्न समुदायका बालबालिकाहरुलाई निःशुल्क पढाउने जनाएका छन ।

टिकटकबाट उदाएर बर्माले काठमाण्डौँ सहितका विभिन्न जिल्लाका व्यवसाय शुरु गरेका छन । आफ्नै गृहनगर भीमदत्त नगरमा चालु शैक्षिक सत्र ०८३ देखि विद्यालय समेत संचालन गरेका छन । उनले चालु शैक्षिक सत्रमा टुहुरा, विपन्न तथा जेहेन्दार विद्यार्थीलाई निःशुल्क पठाईदिन लागेका हुन । ‘मैले पैशा कमाउने भन्दा पनि ४÷५ बर्ष अघि आफ्नै गृहनगरमा शिक्षामा केही गरुभन्ने लक्ष्य थियो, त्यही भएर बोडिङ्ग पढ्न चाहने तर, आर्थिक समाजिक रुपमा विपन्न विद्यार्थीलाई निःशुल्क पढाउने सोचका लागि अहिले चार जना विद्यार्थी पढाउन लागेको छु, आगामी दिनमा पनि पढाउनेछु ।’ हाल बाल विकासदेखि कक्षा ७ सम्म विद्यालय संचालनमा रहेको निकट भविष्यमा प्लसटुसम्मै संचालन गरेर शिक्षाको गुणस्तरमा भूमिका निर्वाह गर्ने उनको सकल्प छ । हाल विद्यालयका २सय बढी विद्यार्थी अध्ययनरत रहेका छन । आधुनिक तरिकाले विद्यालय भवनदेखि पठन पाठन गराउने योजना सहित आगामी दिनमा पनि थप गरिब, विपन्न, जेहेन्दार विद्यार्थीलाई निःशुल्क पठाउने बताए ।

भीमदत्त नगरपालिका ११गड्डाचौकीका स्थानीय समेत रहेका बर्मा कोरोना महामारी कालमा टिकटकमा उदाएर आर्थिक उन्नयन गरेका थिए, त्यही कमाईबाट स्टेशनरीदेखिका विभिन्न व्यवसाय गर्दै आएका छन । पञ्चायतकालमा रेन्जर सुर्यदेब बर्मा बाजे, बाबु घर परिवारको संस्कारका हुर्किएका २५ बर्षिया बर्माले चिया बगान,बर्मा नोटबुक सहितका व्यवसाय संचालनसंगै शिक्षा क्षेत्रमा समेत हात हालेका छन । गाँउकै डाईमण्ड एकेडेमीबाट १०उर्तिणपछि बालजागृती कलेजबाट १२ उत्र्तीण गरेका ब्रर्मा हाल काठमाण्डौँ चक्र्रपथ क्याम्पसमा बिलएलएलबी अध्ययनरत छन । उनले यस अघि पनि समाजिक क्षेत्रमा कामकाज गर्दै आएका थिए ।

Leave A Reply

Your email address will not be published.