कञ्चनपुर २३ जेष्ठ।
कञ्चनपुरको उत्तरी दुर्गमबस्ती खल्लामछेट्टीका विपन्न गरिब समुदायका बालबालिकालाई नगद सहित शैक्षिक समाग्री वितरण गरिएको छ । महेन्द्रनगरमा रहेको हाम्रो भोजनालयले भीमदत्त नगरपालिका ९ खल्लामछेट्टीका विपन्न गरिब समुदायका बालबालिकालाई नगद सहित शैक्षिक समाग्री वितरण गरेको हो ।
शनिबार एक कार्यक्रमका विच खल्लामछेट्टीका तीन सामुदायिक विद्यालयमा अध्ययनरत दलित, आदिवासी जनजाती, विपन्न समुदायका जेहेन्दार विद्यार्थीलाई नगदका साथै शैक्षिक समाग्री वितरण गरिएको जनाईएको छ । हाम्रो भोजनालयका संचालक चक्र प्रशाद मिश्रले दुर्गम सहित विपन्न समुदायका बालबालिकाको अध्ययनमा टेवा पु¥याउने उदेश्यका साथ ३४ विद्यार्थीलाई सहयोग गरेको बताए ।
संचालक मिश्रका अनुसार भीमदत्त, सरस्वती र बैजनाथ आधारभूत विद्यालयका विद्यार्थीलाई नगद ५सय सहित कापि कलम वितरण गरिएको छ ।
हाम्रो भोजनालयका संचालक मिश्रले भीमदत्त आधारभूत विद्यालयका पिटिए अध्यक्ष रुपसिह प्वाली, सहायक प्रद्यानाध्यापक खेमसिह साउद, सरस्वतीका प्रद्यानाध्यापक दिवाकर जोशी र बैजनाथका प्रद्यानाध्यापक विशाल विकलाई उक्त नगद रकम र शैक्षिक समाग्री हस्तान्तरण गरिएको छ । यस बर्षको २५७० बुद्ध जयन्तीको अवसरमा नगरका गरिब, विपन्न विद्यार्थीलाई नगद सहित शैक्षिक समाग्री वितरण गरेको हो । यस अघि नगरभरीका ५२ सामुदायिक विद्यालयमा अध्ययनरत १सय ४ विद्यार्थीलाई जनही नगद १ हजार, एक सेट कापी र कलम वितरण गरिएको छ थियो । भीमदत्त नगर बागफाँटाको लक्ष्मी माध्यामिक विद्यालयका प्रद्यानाध्यापक प्रमानन्द नाथले होटल व्यवसायी एव समाजसेवी चक्र प्रशाद मिश्रको समाजिक भावनाको समुदायले उच्च कदर गर्नुपर्ने बताए । प्रअ नाथले अहिले भर्ना अभियान चलिरहेका बेला कुनै विपन्न विद्यार्थीसंग कापि, कलम किन्ने पैशा नहुँदा समस्या हुने भएकाले होटलबाट उक्त सहयोगले राहत पुगेको बताए । समाजसेवी गगादत्त जोशीले गरिब अभिभावकका विद्यार्थीको हितका लागि हाम्रो भोजनालयको पुण्य परोपकार कार्य भएको बताए । भीमदत्त नगरका सयौँ विद्यार्थीले शैक्षिक समाग्रीदेखि भोजन समेत गराएपछि विद्यार्थी हर्षित भएका छन । यसरी निजी क्षेत्रबाट ग्रामिण दुर्गम भेगका विद्यार्थीको अध्ययनमा टेवा पु¥याउने उदेश्यका साथ होटल व्यवसायी मिश्रबाट गरिएको सहयोगले विद्यार्थी, अभिभावक, शिक्षक उत्साहित भएका छन ।