नेकपाले माग्यो दार्चुलामा भारतीय सेनाको हेलिकोप्टर अवतरण भएकोबारे सरकारको जवाफ

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले दार्चुलामा भारतीय सेनाको हेलिकोप्टर अवतरण भएकोबारे सरकारको जवाफ माग गरेको छ। सोमबार प्रतिनिधिसभा बैठकमा बोल्दै नेकपाका सांसद युवराज दुलालले भारतीय सेनाको हेलिकोप्टर अवतरण भएको विषयमा सरकारको ध्यानाकर्षण गराए।

उनले हेलिकोप्टरमा भारतीय सुरक्षा निकायका उच्च अधिकारी सवार रहेको भन्ने समाचार सार्वजनिक भएको उल्लेख गर्दै उक्त घटनाबारे सरकारले संसदलाई स्पष्ट जानकारी गराउनुपर्ने माग गरेका हुन्।

उनले भने,’भारतीय सेनाको हेलिकोप्टर दार्चुलाको एउटा भूमिमा अवतरण गरेको र त्यसमा भारतीय सुरक्षा निकायका कुनै प्रमुख व्यक्ति सवार रहेको भन्ने समाचार सुन्नमा आएको छ। यस विषयमा सरकारको जवाफ चाहन्छु।’

उनले प्रधानमन्त्रीले सीमासम्बन्धी दिएको अभिव्यक्ति राष्ट्रहितविपरीत रहेको भन्दै यस विषयमा प्रधानमन्त्रीले संसदमा स्पष्ट जवाफ दिनुपर्ने आफ्नो पार्टीको अडान यथावत् रहेको बताए।

आरुषी व्युटि पार्लर महेन्द्रनगर कञ्चनपुर
Leave A Reply

Your email address will not be published.