महेन्द्रनगर मावि साधारण स्कुलाई ६ करोड बजेट

कञ्चनपुर, असार २ 

कञ्चनपुरको एक नमुना सामुदायिक विद्यालयलाई केन्द्र सरकारले ६ करोड बजेट दिएको छ । भीमदत्त नगरपालिका १८ कटानमा रहेको महेन्द्रनगर नमुना माध्यामिक विद्यालय(साधारण स्कुल)लाई केन्द्र सरकारले ६ करोड बजेट दिएको विद्यालयले जनाएको छ ।

महेन्द्रनगर नमुना माध्यामिक विद्यालय(साधारण स्कुल)का अध्यक्ष बिरेन्द्रराज विष्टले शैक्षिक तथा भौतिक विकासका लागि उक्त रकम प्राप्त भएको बताए । अध्यक्ष विष्टले बजेट प्राप्त भएसंगै केही दिनमै टेण्डर गरिने बताए । उनले अब मेघा विद्यालय बनाउने सपना पुरा गर्ने आशा व्यक्त गर्दै विगतमा अभिभावकसंग गरेको बाचा पुरा गर्ने बताए । विद्यालयले उक्त बजेट प्राप्तसंगै विद्यालय, अभिभावक,देखि विद्यार्थी समुदाय हर्षित भएका छन ।

Leave A Reply

Your email address will not be published.