दीक्षान्त समारोहको पुर्व सन्ध्यामा सुदूरपश्चिम विश्वविद्यालय बिरुद्ध अदालतमा मुद्दा 

कञ्चनपुर, ११ असार  ।

सुदूरपश्चिम विश्वविद्यालय बिरुद्ध अदालतमा रिट परेको छ । आफ्नै विद्यार्थीले विश्वविद्यालय बिरुद्ध अदालतमा रिट हालेकी छिन ।

विश्वविद्यालय विपक्षी बनाएर उच्च अदालत दिपालय महेन्द्रनगर इजलासमा रिट परेको हो । स्नाकोत्तर उर्तीण एक छात्रा विद्यार्थीले विश्वविद्यालयले अन्याय गरेको भन्दै न्यायका लागि अदालतमा रिट दर्ता गरेकी हुन ।

१२ असार(शुक्रबार) ०८३मा विश्वविद्यालयले छैटौँ दीक्षान्त समारोह राखेको छ । त्यसको दुई दिन अघि मात्रै पदक छनौट(वितरण)मा आफुमाथि विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले अन्याय गरेको भन्दै रिट दायर गरेको अदालतले जनाएको छ । उच्च अदालत दिपालय महेन्द्रनगर इजलासका सुचना अधिकारी गणेश भट्टले छात्रा रेखा भट्टले सुदूरपश्चिम विश्वविद्यालय सहित ईन्जिनियर संकायको डीन कार्यालय, स्कुल अफ ईन्जिनियररियङ्ग, परीक्षा नियन्त्रण कार्यालय, उपकुलपतिको कार्यालयलाई विपक्षी बनाएर रिट दायर गरेको बताए ।

बुधबार भएको रिट दर्तामा बुधबार उच्च अदालत दिपालय महेन्द्रनगर इजलासका न्यायाधिश श्यामजी प्रधानको एकल ईजलासले अन्तरिम आदेश दिएको सूचना अधिकारी भट्टले बताए । उनका अनुसार प्रकासित सूचना यथास्थितिमा राख्दै पुन १२असार रिटकर्ता र विपक्षीलाई छलफलका लागि अदालतमा बोलाएको छ ।

गत विगतमा दीक्षान्त समारोहमा पनि यस्तै पदक छनौट वितरणमा वाद विवाद सार्वजनिक भएपछि यस पटक भने पदक छनौट विवाद अदालतमै पुगेको छ । विश्वविद्यालयले गर्ने शैक्षिक कार्यक्रममै कहिल्यैपनि विवादरहित नभएको भन्दै विद्यार्थी, प्राध्यापक, कर्मचारीदेखि सरोकारवालाले चिन्ता प्रकट गरेका छन । सुप विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले १असार ०८३मा चान्सलर, भ्वाईस चान्सलर र स्वर्ण पदक विजेता ११विद्यार्थीको लिष्ट प्रकासित गरेको थियो । त्यसपछि १०असार ०८३ डेन्सलिष्ट भन्दै थप चार विद्यार्थीपनि पदकमा समावेस भएका छन ।

सुप विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले समयमै थेसिज नबुझाएकाले पदकमा समावेस गर्न नसकिएको जनाएको छ । सुप विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयका कर्मचारी पृथ्वीराज जोशीले अदालतमा रिटकर्ता छात्राले समयमै थेसिस नबुझाएकाले पदकमा समावेस हुन नसकेको बताए । यस पटक पनि दीक्षान्तममा विवादै देखिएपपछि सरोकारवाला हैरान भएका छन । कतिपयले काँग्रेस, एमाले,तत्तकालिन माओवादी सरकारका पालामा हुने दीक्षान्त समारोह अहिले रास्वपा सरकारका पालामा पनि भईरहेको टिकाटिप्पणी गरिरहेका छन । विगतमा दीक्षान्त समारोहमा प्रधानमन्त्री समेत रहेका कुलपति, शिक्षामन्त्री समेत रहेका सहकुलपति सहितका शिर्ष सरोकारवाला पदाधिकारी आउने नआउने बारे अझै अन्यौलता छाएको छ ।

Leave A Reply

Your email address will not be published.