सन्दीपका ७ मुक्तक

सन्दीप धामी

१.
न्याय सारै महगो भयो नखोज है यहां

किनभनी कहिल्यै प्रश्न नसोध है यहां

वर्षौ वर्ष लडनु पर्छ नशा सुकाएर

अकालैमा म्रित्युलाई नै नरोज है यहां

२.

भेट्नुथियो आएं कोठा वन्द रहेछ

यस्तोलाग्यो तिम्रोवुध्दि मन्दरहेछ

जून कालो वादलमा हराएको वेला

त्यहां अर्कै पराईको गन्ध रहेछ।

३.
कोट सिउ्ने मान्छे कोट नलाएरै मर्छ

खेत जोत्ने मान्छे पोत नपाएरै मर्छ

नेपाल हो हेर ययाँ यस्तै यस्तै हुन्छ

साहू पाल्ने भान्छे यहाँ नखाएरै मर्छ

४.
लुकाएर वस तिमी तिम्रो जवानीलाई

किन दोषदिन्छ्यौ व्यर्थै वर्षादे पानीलाई

पारदर्शी भई खुल्छ रेशमी त्यो सारी

जतिभिज्यो उतिराम्रो वैसालु नानीलाई

५.

सवको घरमा अव चुल्हो धुवाए नि हुन्थ्यो

चोखो मिठो रासन पानी खुवाए नि हुन्थ्यो

हर्षसाथ मनाउन यो शरदको उत्सव

सवको जिउमा नयाँ लुगा सुहाए नि हुन्थ्यो

६.

तिर्खाएको छ यो शहर यहाँ पानी चाहिएको छ

अभाव छ तेलको ययाँ यौटा खानी चाहिएको छ

जे जस्तो होस् ययाँ सवैले टाउको लुकाउनै पर्छ

ययाँ सवैलाई जागिर र यौटा नानी चाहिएको छ।

७.

,खेलौना झैं खेलाउँछन् दुष्टले त देशलाई

दुनियाँले चिन्नुपर्छ जाली छद्म भेषलाई

जस्ले खान्छ जनताको पसिना र आँसु

कुर्सीवाटै खसालेर फाल्नुपर्छ त्यसलाई।

                                                   सन्दीप धामी, मालिकार्जुन गाउँपालिका वडा नम्बर ३ दार्चुला ।

Leave A Reply

Your email address will not be published.