दार्चुलामा यार्सागुम्बाबाट १२ लाख ९४ हजार राजस्व सङ्कलन

दार्चुला । यस वर्ष दार्चुलामा दुई हजार १६६ जनाले बहुमूल्य जडीबुटी यार्सागुम्बा सङ्कलन गरेका छन् ।

हिउँदमा बाक्लो हिमपात भएको उच्च हिमाली पाटनमा हिउँ पग्लिन थालेपछि वैशाख दोस्रो सातादेखि स्थानीयवासी यार्सागुम्बा सङ्कलनका लागि लेकतर्फ गएका थिए ।

अपि नाम्पा संरक्षण क्षेत्र कार्यालय दार्चुलाका सूचना अधिकारी अरुण चौधरीका अनुसार यस वर्ष करिब आठ क्विन्टल यार्सागुम्बा सङ्कलन हुने लक्ष्य राखिएको छ।

कार्यालयका अनुसार हालसम्म ४१.७५५ किलोग्राम यार्चागुम्बा निकासी भइसकेको छ। यार्सागुम्बा निकासीबाट हालसम्म १२ लाख ९४ हजार रुपैयाँ राजस्व सङ्कलन भएको छ।

यार्सागुम्बा सङ्कलन तथा निकासीको प्रक्रिया अझै जारी रहेकाले राजस्व र निकासी परिमाण थप बढ्ने अपेक्षा गरिएको कार्यालयले जनाएको छ।

आरुषी व्युटि पार्लर महेन्द्रनगर कञ्चनपुर
Leave A Reply

Your email address will not be published.