दार्चुला । नेपाली काँग्रेस नेता मदन गीरीले दुँहु गाउँपालिकाको बाढीपहिरो प्रभावित क्षेत्रका निरिक्षण गर्नुभएको छ।
भदौ १३ गते दुँहु गाउँपालिका र माहाकाली नगरपालिकामा आएको बाढिपहिरोको कारण कारण तीन जनाको मृत्यु र दुई जना वेपत्ता भएका छन् भने, करौंडोे मूल्य बराबरको भौतीक क्षति भएको थियो।
अविरल वर्षापछि आएको बाढि पहिराले दुहुँ गाउँपालिकामा २३ घरधुरीको घर पूर्ण रुपमा क्षति भएको छ । दुहुँ गाउँपालिका वडा नम्बर १,२, ३ र ५ मा अत्यधिक क्षति भएको हो ।
बाढी पहिरो पिडितको लागी अहिले सम्म पनि कुनै सरकार र निकायले उचित व्यवस्थापन गर्न नसकेको नेता गीरीले बताउनुभयो । बाढी पहिरो गएको ९ दिन पछि आज जिल्ला दैविक प्रकोप समितीको टोली पनि घट्ना स्थलमा पुगी निरीक्षण गरेको उहाँले जानकारी दिनुभयो ।
बाढी पहिरोमा परि विस्थापित भएका सयौँ नागरिकको अहिले सम्म पनि स्थानीय सरकार र अन्य निकायले ध्यान नदिएको प्रति नेता गिरीले आपत्ती जनाउनुभयो ।
पहिरो पिडितहरुको लागी त्तत्काल सरकारले सुरक्षित बास्थान र खानाको व्यपस्थापन गर्न पनि उहाँले माग गर्नुभयो । पहिरोका कारण क्षती भएका माहाकाली नगरपालिको श्रीवगर क्षेत्र र दुहुँ गाउँपालिका वडा नम्बर १,२, ३ र ५ लाई बाढी पहिरो प्रभावित क्षेत्र घोषणा गरि सरकारले त्तत्काल व्यवस्थान गर्नुपर्ने उहाँको भनाई छ।
बाढी पहिरो प्रभावित क्षेत्रमा सरकारको उपस्थिती शुन्य रहेको भन्दै उहाँले क्षती भएको क्षेत्रमा पुननिर्माण र बसोबासको उचित व्यवस्थापन यथा सिघ्र गर्न उहाँले सरकारको ध्यानाकर्षण गराउनुभयो ।


