जीप दुर्घटनामा अपि हिमाल गाउँपालिका काग्रेस सभापति सहित दुई जनाको मृत्यु

दार्चुला । भिमदत्त राजमार्ग अन्तरगत पर्ने डडेल्धुराको अमरगडी नगरपालिका–७ मा जीप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । धनगढीबाट दार्चुलाको अपिहिमालतर्फ आउदै गरेको सु.प.प्र ०१ – ००१ ज १८५० नम्बरको बोलेरो जीप आज बिहान करिब २ बजे दुर्घटनामा परेको हो ।

जीप दुर्घटना हुँदा अपि हिमाल गाउँपालिका नेपाली काग्रेस सभापति सोबन सिह लोथ्याल र अपि हिमाल गाउँपालिका–१ का हनु लोथ्यालको घट्नास्थलमै मृत्यु भएको छ भने चालकसहित ३ जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय डडेल्धुराका सूचना अधिकारी भास्कर चन्दका अनुसार घाइते हुनेमा मार्मा गाउपालिकाका ५० वर्षीय अमरसिंह ठगुन्ना र अपिहिमाल गाउँपालिका–१ का वर्ष ३५ वर्षीय सरस्वती लोथ्याल रहेका छन् ।
यसैगरी जीप चालक बैतडीको डिलासैनी गाउँपालिका–२ का अमृत घरेडी पनि घाइते छन् । घाइते तीनै जनाको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ ।

जीप सडकबाट करिब ४ सय मिटर तल खसेको छ । दुर्घटनाको कारण खुल्न सकेको छैन ।

डडेल्धुराको खस्र्याखानमा जिप दुर्घटना हुँदा दार्चुलाका २ जनाको मृत्यु, ३ जना घाइते

Leave A Reply

Your email address will not be published.